२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३१ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख १४ हजार ७ रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुनको मूल्य तोलामा २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय १५ रुपैयाँ कायम भएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij