२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । काठमाडौंमा भएको जेनजी प्रदर्शनमा २१६ जना भन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका सरकारी र निजी गरी ७ अस्पतालमा २१६ जना बढी घाइतेहरूको उपचार भइरहेको छ। घाइतेमध्ये २२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।
मन्त्रालयमा अनुसार सबै भन्दा बढी निजामति कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ। ट्रमा सेन्टरमा ५० जनाको उपचार भइरहेको छ, ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ।
एभरेष्ट अस्पतालमा ३४, पाटन अस्पतालमा ४ जना गम्भीर घाइते छन्। काठमाडौँ मेडिकल कलेज (केएमसी)मा ४१ जनाको उपचार भइरहेको छ। केएमसी अस्पतालमा उपचाररत ८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।
त्रिवि शिक्षण अस्पतालमा २४ जना घाइतेमध्ये ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij