Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

वीरगन्जमा महिलामाथि गोली प्रहार, गोली हान्ने भारतीय हतियारसहित पक्राउ

वीरगन्जमा महिलामाथि गोली प्रहार, गोली हान्ने भारतीय हतियारसहित पक्राउ


  • 1.5K
    Shares

    वीरगन्जमा महिलामाथि गोली प्रहार, गोली हान्ने भारतीय हतियारसहित पक्राउ

    काठमाडौं । वीरगन्जको रजत जयन्ती चोकमा सोमबार दिउँसो गोली चलेको छ।  चोकमा रहेको खाजा खाने होटलमा ग्राहक बनेर आएका भारतीय नागरीक अन्दाजी ३० वर्षीय प्रदीप शर्माले त्यही होटलमा रहेकी भारतकै बिहार राज्यको बेतियाकी २८ वर्षीया निशाकुमारी सहनीलाई गोली हानेका हुन्।

    बायाँ गालामा गोली लागेर गम्भीर घाइते उनको नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।

    निशालाई गोली हानेर भाग्दै गरेका शर्मालाई वीरगन्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिएका छन्।  भारतीय नागरीक शर्मालाई कटुवा पेस्तलसहित पक्राउ गरिएको उनले बताएका छन्।

    शर्माले निशालाई किन र के कारणले गोली हानेको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताएका छन्।

     

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १७:१४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij