Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

जेन–जी आन्दोलन

प्रदर्शनमा मृत्यु हुनेको संख्या १६ पुग्यो, घाइतेको गुहार- कृपया हामीलाई एम्बुलेन्स पठाइदिनुहोस्

प्रदर्शनमा मृत्यु हुनेको संख्या १६ पुग्यो, घाइतेको गुहार- कृपया हामीलाई एम्बुलेन्स पठाइदिनुहोस्


  • 1.5K
    Shares

    प्रदर्शनमा मृत्यु हुनेको संख्या १६ पुग्यो,  घाइतेको गुहार- कृपया हामीलाई एम्बुलेन्स पठाइदिनुहोस्

    काठमाडौं । काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुगेको छ। 

     भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै जेनजीले बानेश्वर क्षेत्रमा गरेको प्रदर्शनमा घाइते भएकाले आफूहरुको उद्धार नभएको गुनासो गरेका छन्। 

    घाइते भएका ३ जना बानेश्वरको एनबी सेन्टरमा रहेको र उपचारका लागि उद्धार गर्न आफूहरुले सहयोग माग्दा पनि नपाएको उनीहरूले गुनासो गरेका छन्। 

    ‘स्कुल ड्रेसमा भएकी एकजना बहिनीलाई प्रहरीले गोली हानेको छ,’ एनबी सेन्टरमा रहेका एक व्यक्तिले भने, ‘हामीले एम्बुलेन्सलाई कति फोन गर्‍यौँ तर कोही पनि आएन।’  घाइतेहरुमध्य एकजनालाई ३ वटा गोली लागेको, एक जनालाई छातीमा गोली लागेको र एकजनालाई अश्रु ग्यासले लागेको बताइएको छ।

    ‘हामी एकदमै भयभित छौँ,’ उनले भने, ‘कृपया हामीलाई सहयोग गर्नुहोस्।’ अन्य घाइतेहरुले पनि आफूहरुले समयमै उपचार नभएको भन्दै उद्धारका लागि सहयोग मागेका छन्। 

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १६:१८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij