२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३५.९९ अंकले घटेर २,६७२ को विन्दुमा कायम भएको छ ।
आज २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२० कम्पनीको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २३ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने यूनियन हाइड्रोपावरको २४ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij