Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

जेनजी आन्दोलनमा घुसपैठ भएको एमालेको आशङ्का

जेनजी आन्दोलनमा घुसपैठ भएको एमालेको आशङ्का


  • 365
    Shares

    जेनजी आन्दोलनमा घुसपैठ भएको एमालेको आशङ्का
    images

    काठमाडौं । बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले गरेको आन्दोलनमा घुसपैठ भएको हुनसक्ने एमालेले आशङ्का गरेको छ ।  नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जेनजीको आन्दोलनभित्र व्यापक घुसपैठ भएको हुनसक्ने आशङ्का गरिएको बताएका छन् ।

    ‘जेनजीहरुको आन्दोलनमा व्यापक घुसपैठ भएको आशङ्का एमालेले गरेको छ’, गौतमले भने– ‘जेनजीका नाममा राजनीतिकरण गरियो भन्ने हामीलाई आभास भएको छ ।’

    आन्दोलनका कारण सोमबार बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । आन्दोलनकारीहरू संसद् भवनभित्रै प्रवेश गर्ने, संसद् भवनको पर्खाल भत्काउने गर्न थालेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर २ जनाको  निधन भएको छ । स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि आन्दोलनकारी हटेका छैनन् ।

     

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १४:५४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij