२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ । अहिलेसम्म करिब एक सय भन्दा बढी घाइतेहरुको त्यहाँ उपचार भइरहेको छ । वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ ।
प्रहरीको गोली लागेर घाइतेभएपछि प्रदर्शनकारीहरुले काठमाडौंको बानेश्वर क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको छ भने प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले दमन गर्न थालेपछि बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij