२०८२ माघ १३ गते मंगलवार
काठमाडौंमा थापागाउँमा सशस्त्र प्रहरीको गाडी प्रदर्शनमा उत्रिएका जेनजीहरूले घेरा हालेर रोकिदिएका छन्। संसद् भवन आसपासको सडक जेनजीले घेरा हालेसँगै तीन गाडी सेना र दुई गाडी सशस्त्र प्रहरी गएको थियो।

यीमध्ये सशस्त्रको १ गाडीलाई जेनजीको समूहले घेरा हालेको हो। त्यसपछि उक्त गाडी थापा गाउँबाटै फर्किने तयारीमा छ।
जेनजीको घेरामा रहेका सशस्त्र लिन सशस्त्रकै अन्य तीनवटा गाडीसहित सुरक्षा फौज पुगेको छ। प्रदर्शनकारीले नयाँबानेश्वरस्थित थापा गाउँमा सशस्त्रको एउटा गाडी घेरा हालेर रोकेका थिए।
अहिले उक्त गाडी र गाडीमा रहेका सशस्त्रलाई लिनका लागि थप ५ वटा गाडीसहित सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रदर्शनकारीले भने रोक्ने प्रयास गरिरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij