Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

इटहरीमा दिपलको स्टेट अफ आर्ट सोरुम, चार दिन विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु

इटहरीमा दिपलको स्टेट अफ आर्ट सोरुम, चार दिन विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु


  • 267
    Shares

    इटहरीमा दिपलको स्टेट अफ आर्ट सोरुम, चार दिन विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु
    images

    काठमाडौं । इभी ब्रान्ड दिपलले कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र इटहरीमा अत्याधुनिक स्टेट अफ आर्ट सोरुम सञ्चालनमा ल्याएको छ। नयाँ सोरुमको उद्घाटन शुक्रबार इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, दिपल इटहरीका डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराई र राधा ढकालले संयुक्त रूपमा गरेका हुन्।

    सो अवसरमा चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज कार्यक्रम सुरु गरिएको छ, जसमा भाद्र २० देखि २३ गतेसम्म दिपलका अत्याधुनिक इलेक्ट्रिक मोडेलहरू परीक्षण गर्न सकिनेछ।

    परीक्षणका लागि उपलब्ध मोडेलहरू दिपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी ई०७,अल्ट्रा प्रिमियम लक्जरी एसयुभी अवतार ११ र भर्खरै सार्वजनिक भएर चर्चित बनेको एस०५ रहेका छन् । 

    भर्खरै सम्पन्न नाडा अटो शोमा स्टपर बनेको दिपल एस०५ ले लक्जरी, स्टाइल र प्रविधिका कारण नेपाली अटोबजार तताएको कम्पनीले जानकारी दिएको छ । 

    यस कार्यक्रममार्फत ग्राहकले चारवटा रिकन्डिसन हाउसबाट पुरानो गाडीको मूल्याङ्कन गराउन सक्नेछन्। साथै, निश्चित मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्स, साथै निःशुल्क ट्राभल चार्जर पाउने सुविधा पनि दिइनेछ।

    इटहरीमा सुरु गरिएको कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिएको छ। यसमार्फत चाङानले आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसन प्रविधिमा गरेको प्रगतिलाई प्रत्यक्ष अनुभव गर्न सकिने कम्पनीले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १३:२०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij