Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

चीनसहित ६० देशबाट आउँछ नेपालमा विदेशी लगानी

चीनसहित ६० देशबाट आउँछ नेपालमा विदेशी लगानी


  • 351
    Shares

    चीनसहित ६० देशबाट आउँछ नेपालमा विदेशी लगानी
    images

    काठमाडौं । नेपालमा ६० देशबाट विदेशी लगानी आउने गरेको छ । नेपाल राष्ट्र बैंकले सन् २०२४ मा गरेको सर्वेक्षण अनुसार तीन देशले मात्रै कुल विदेशी लगानीको कुल ५० प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको देखिन्छ । 

    राष्ट्र बैंकका अनुसार सर्वेक्षण अवधिसम्म देशमा कुल ३ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको कुल विदेशी लगानी कायम छ । यसमध्ये चुक्ता पुँजीको रुपमा १ खर्ब ६८ अर्ब ६१ करोड, रिजर्भको रुपमा १ खर्ब २२ अर्ब २ करोड, ऋणको रुपमा ४८ अर्ब ३२ करोड रुपैयाँ रहेका छन् । 

    विदेशी लगानीमध्ये सबैभन्दा धेरै आउने देश भारत रहेको छ । हाल भारतको मात्रै १ खर्ब ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको लगानी रहेको राष्ट्र बैंकको तथ्यांक रहेको छ, जुन ३२.२ प्रतिशत बराबर हो । 

    त्यस्तै, चीनबाट ३३ अर्ब ८२ करोड रुपैयाँ अर्थात् १०.२ प्रतिशत, सिंगापुरबाट २७ अर्ब ६६ करोड अर्थात् ८.३ प्रतिशत, आयरल्यान्डबाट २३ अर्ब १४ करोड अर्थात् ७ प्रतिशत, दक्षिण कोरियाबाट २० अर्ब १८ करोड अर्थात् ६.१ प्रतिशत तथा अस्ट्रेलियाबाट १९ अर्ब ७१ करोड अर्थात् ५.९ प्रतिशत लगानी प्राप्त भएको छ । 

    त्यस्तै, वेस्ट इन्डिजबाट १४ अर्ब ७५ करोड अर्थात् ४.४ प्रतिशत, अमेरिकाबाट १३ अर्ब ८२ करोड अर्थात् ४.२ प्रतिशत, आइल अफ म्यानमा ११ अर्ब ४० करोड अर्थात् ३.४ प्रतिशत, हङकङबाट ११ अर्ब ३ करोड अर्थात् ३.३ प्रतिशत र अन्य बाँकी ५० देशबाट ४९ अर्ब ७७ करोड अर्थात् १४.९ प्रतिशत विदेशी लगानी प्राप्त भएको देखिन्छ ।

     

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १३:०४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij