२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।
प्रदर्शनकारीहरु निशेधित क्षेत्र तोड्दै संसद भवनभित्रसमेत घुसेसँगै स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij