२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य उच्च मूल्यबाट ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।
यससँगै आज सुनको भाउ तोलामा २ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य रहेको थियो ।
साथै, आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २४ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको यो मूल्य हालसम्मकै उच्च थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij