Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

भीपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको अनुरोध

भीपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको अनुरोध


  • 449
    Shares

    भीपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको अनुरोध
    images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्म चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग गर्न अनुरोध गरेको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने र यसको रक्षाका लागि प्रतिबद्ध रहेको जनाएको छ।

    विज्ञप्तिमा सरकारले सामाजिक सञ्जाललाई सूचीकृत हुन पटक-पटक आह्वान गरेको र सम्मानित सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि यो प्रक्रियालाई थप तीव्रता दिइएको उल्लेख छ। गत भदौ १२ गते ७ दिनभित्र सूचीकरणका लागि दिइएको सूचनाको समयसीमाभित्र सम्पर्कमा नआएका सामाजिक सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय गराइएको मन्त्रालयले जानकारी दिएको छ । 

    हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी प्रालि सूचीकरण भई सक्रिय भइसकेका छन् भने एक्स र वी च्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको भन्दै यस्ता सञ्जाल चलाउन असुरक्षित र जोखिमपूर्ण भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

    १

    २

     

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १८:०१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij