२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । भ्रष्टाचारको विरुद्धमा सोमबार माइतीघरमा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ । भोलि बिहान ११ बजेदेखि माइतीघर मण्डलामा स्वतन्त्र नेपाली युवाहरूले भ्रष्टाचार विरुद्ध प्रदर्शन आयोजना गरेका छन् ।
निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी सो प्रदर्शन आयोजना गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताएका छन् ।
सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले पनि समर्थन जनाएका छन् ।
कार्यक्रममा युवाहरूको स्वतन्त्र सहभागिता रहने संयोजक सबल गौतम र पुरुषोत्तम यादवले जानकारी दिए । उनीहरुले शान्तिसुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।
२८ वर्षभन्दा कम उमेर समूहका युवाहरूले सामाजिक सञ्जाल बन्दको समेत विरोध गर्ने बताइएको छ । प्रदर्शनलाई काठमाडौँका मेयर बालेन शाह र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ लगायतले समर्थ गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij