Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ थान रिट पेस

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ थान रिट पेस


  • 1.6K
    Shares

    सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ थान रिट पेस

    काठमाडौं । विभिन्न सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ थान रिट निवेदन पेस भएको छ । 

    आइतबारसम्म सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णयविरुद्ध अधिवक्ताहरू कीर्तिनाथ शर्मा पौडेल, नीराजन पौडेल, वीरभद्र जोशी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर रिट पेस गरेका हुन् ।

    सर्वोच्च अदालतले प्राप्त रिटको अध्ययन गरेर भोलि मात्रै दर्ता हुने कि नहुने निर्णय हुने रिट शाखाका एक अधिकृतले बताएका छन् । मन्त्रिपरिषद्को २०८२ भाद्र ०९ गतेको बैठकको निर्णय कार्यान्वयन गर्दै सूचना तथा सञ्चार मन्त्रालयले २०८२ भाद्र १९ गते जारी गरेको सूचनाका आधारमा सामाजिक सञ्जालको रूपमा हाल नेपालमा प्रयोगमा आइरहेको फेसबुक, एक्स, म्यासेन्जर, वाट्सएप, युट्युब लगायतलाई तत्काल रोक लगाउने निर्णय गरेको थियो । 

    सामाजिक सञ्जाललाई नियमन र व्यवस्थित गर्नका लागि संसदमा सो सम्बन्धी विधेयक विचाराधीन रहेका बेला एक्कासि तत्काल बन्द गराउँदा आम नेपालीको अभिव्यक्ति स्वतन्त्रताको हक,सूचनाको हक, सञ्चारको हकसमेतबाट वञ्चित भएको रिट निवेदकहरूको दाबी रहेको छ ।

     

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १७:४३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij