२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सूचीकृत कम्पनीहरूको लागि एक सूचना जारी गरेको छ। जारी गरेको सूचना अनुसार सूचीकृत कम्पनीले तोकिएको समयभित्र नेप्सेलाई वित्तीय विवरण दिनु पर्ने छ।
पारदर्शिता र लगानीकर्ताको हित सुनिश्चिताका लागि नेप्सेले उपलब्ध गराएको एनओटीसएस लगइन (अनलाइन माध्यम) मार्फत विभिन्न जानकरी गराउनु पर्ने छ । कम्पनीहरुले आफ्नो लेखापरीक्षण भएको वित्तीय विवरण, त्रैमासिक प्रतिवेदन र प्रति सेयर आम्दानी, मूल्य आय अनुापत लगायतका जानकारीहरु बुझाउनु पर्ने छ ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा धितोपत्र सूचीकरण सम्झौतामा उल्लिखित सर्त बमोजिम देहायका सूचना तथा जानकारीहरू तोकिएको ढाँचा र समयमा तोकिएको माध्यम (नट्स लगइन) बाट नेपाल स्टक एक्सचेन्ज ली.(नेप्से) मा उपलब्ध गराउन हुन सम्पूर्ण सूचीकृत सङ्गठित संस्थाहरूको लागि यो सूचना जारी गरिएको छ” सूचनामा भनिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij