Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

म जति पनि हेपिन तयार छु, देशलाई हेपेको सहन्नँ : प्रधानमन्त्री ओली

म जति पनि हेपिन तयार छु, देशलाई हेपेको सहन्नँ : प्रधानमन्त्री ओली


  • 554
    Shares

    म जति पनि हेपिन तयार छु, देशलाई हेपेको सहन्नँ : प्रधानमन्त्री ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जतिसुकै हेपिए पनि देशलाई हेपेको नसहने प्रष्ट पारेका छन् । दोस्रो विधान महाधिवेशनको अन्तिम दिन अध्यक्ष ओलीले आइतबार कार्यकर्तालाई सम्बोधन गर्दै राष्ट्रियताप्रतिको अडानलाई पुनः दोहोर्‍याए ।

    ‘मलाई जति सुकै हेपियोस् म हेपिन तयार छु र सहन्छु । तर देशलाई हेपेको सहन्नँ । देशलाई हेप्न, होच्याउन पाइँदैन । हाम्रो स्वाभिमान माथि ठेस पुर्‍याउन पाइँदैन’, ओलीले भने ।

    समसामयिक विषयमा प्रतिनिधिलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालबारे भने, ‘हामी वाक स्वतन्त्राताका लागि बलिदान दिएर आएका हौं । त्यसैले हाम्रो पार्टी सामाजिक सञ्जालमाथि असहिष्णु भए छ कि ? भन्ने कसैमा भ्रम नपरोस् । सामाजिक सञ्जाललाई कानून बमोजिम चल्न, दर्ता हुन र कर तिर्न एक वर्षदेखि भन्दै आएका हौं । तर अटेरी गरिरहेका छन् ।’


    सामाजिक सञ्जाल बन्दलाई तथाकथित बुद्धिजीवीहरूले सरकारद्वारा वाक स्वतन्त्रता कुण्ठित गरियो भनेर भ्रम सृजना गरेको भन्दै ओलीले आश्चार्य जनाए ।

    ‘मुलुकको स्वाधीनता र राष्ट्रियताका लागि सरकारले नेपालमा सामाजिक सञ्जाल दर्ता हुन भनेर एक वर्षदेखि भनिरहेको छ । कानूनको दायरामा आउन भन्दा नआएछि सञ्चालनमा रोक लगाइएको हो । तर, विरोध गर्ने केही बुद्धिजीवीहरूले वाक स्वतन्त्रताको अर्थ बुझेका छैनन्’, उनको भनाइ छ ।

    कतिपयले ‘जेनजी पुस्ता’लाई सामाजिक सञ्जाल बन्दको विरुद्ध विद्रोह गराउने भनिए पनि ‘जेनजी पुस्ता’ हेपाहा प्रवृत्तिको विरुद्धमा रहेको ओलीले बताए ।

    ‘कतिपयले जेनजी पुस्तालाई विद्रोह गराउने कुरा पनि गर्छन् । तर, जेनजी पुस्ता देशलाई माया गर्छ । देशको कानून बुझ्छ । जेनजी पुस्ता बेथिति र हेपाहा प्रवृत्तिको विरोधी हो ।’

    सबै राजनीतिक दलहरूलाई क्षणिक स्वार्थमा नलाग्न आग्रह गर्दै ओलीले यो राष्ट्रिय स्वाभिमान र स्वाधीनतासँग जोडिएकाले एकताबद्ध हुन आव्हानसमेत गरे ।

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १६:१६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij