Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

जेन-जी

जेनजीको प्रदर्शनलाई बालेनले पनि दिए समर्थन

जेनजीको प्रदर्शनलाई बालेनले पनि दिए समर्थन


  • 302
    Shares

    जेनजीको प्रदर्शनलाई बालेनले पनि  दिए समर्थन
    images

    काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि समर्थन जनाएका छन् ।

    उमेर हदबन्दीका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उनले सञ्जालमार्फत जानकारी गराएका छन् ।

    ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Zen G को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसकालागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ,’ बालेनले भनेका छन्, ‘भोलि यो स्वतफुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’

    उनले थप प्रश्न पनि गरेका छन्, ‘प्रिय Zen G भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?’

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १५:४३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij