Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

दराजले ल्यायो ९.९ दशैँ धमाका - “बडा दशैं, बडा तयारी” सुरु गरेको घोषणा

दराजले ल्यायो ९.९ दशैँ धमाका - “बडा दशैं, बडा तयारी” सुरु गरेको घोषणा


  • 330
    Shares

    दराजले ल्यायो ९.९ दशैँ धमाका - “बडा दशैं, बडा तयारी” सुरु गरेको घोषणा
    images

    काठमाडौं । समस्त नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा, दराज नेपाललेले आफ्नो बहुप्रतिक्षित वार्षिक अभियान ९.९ दशैँ धमाका - “बडा दशैं, बडा तयारी” सुरु गरेको घोषणा गरेको छ ।

    यस वर्षको दशैँ धमाका र दराजको वार्षिकोत्सव संग सँगै परेको छ । यस कारण पनि दराज नेपालले यो बर्षको ९.९ दशैँ धमाका, “बडा दशैं, बडा तयारी”का माध्यमबाट उपभोक्ताहरूको दशैं किनमेल अनुभवलाई अझ विशेष, रोमाञ्चक र लाभदायी बनाउने लक्ष्य लिएको छ ।

    भदौ २४ देखि असोज ७ गतेसम्म चल्ने यो सेलमार्फत उपभोक्ताहरूले ७५ प्रतिशत सम्मको छुट, निःशुल्क डेलिभरी र १ लाखभन्दा बढीको खरिदमा १०,००० सम्मका फ्ल्याट भौचरहरू प्राप्त गर्न सक्नेछन् ।

    यस वर्षको दशैँलाई अझ भव्य बनाउने उद्देश्यका साथ दराजले आफ्ना प्लेटिनम पार्टनरहरू सेताफिल, एईविबी, एंकर, यूनिलिभर, होनासा, गायत्री गु्रप, न्यूलाइट, रोह्टो, मसलब्लेज र ब्राण्डहाउस मार्फत ७० प्रतिशतसम्म छुट उपलब्ध गराउने छ ।

    गोल्ड पार्टनरहरू मारिको, डा.शेठ्स, ग्रिन लाइफ एक्स्पेरियन्स र मामिपोकोका तर्फबाट ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछन् भने सिल्भर पार्टनरहरू न्यानो, ट्रिकाया र फ्यानटेकले ४० प्रतिशतसम्म छुट उपलब्ध गराइने ब्यवस्था मिलाइएको जानकारी दिइएको छ । यसका अतिरिक्त भ्यान्स, कन्भर्स, एर्के, लोट्टो, पोषिलो फुड्स, ब्रिल्एर, अस्टाबेरी र अलेवा लगायत ५० भन्दा बढी अग्रणी ब्रान्डहरूमा ५० प्रतिशत भन्दा बढी छुट उपलब्ध गराइनेछ ।

    यसले उपभोक्तालाई दशैँको तयारीका लागि आवश्यक हरेक सामग्रीदेखि फेशन र जीवनशैली लगायतका उत्पादनसम्म सबथोक एकैपटक एकै स्थानमा सहजै किन्ने अवसर प्रदान गर्ने उद्देश्य दराजले लिएको छ ।

    दशैँ धमाका अन्तर्गत दराजले सातओटा प्रमुख बैंकहरूसँग सहकार्य गरी प्रिपेमेन्ट छुट पनि उपलब्ध गराउने जानकारी दिएको छ । यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत छुट १,५०० सम्म र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत छुट १,००० सम्म पाउनेछन् । यस अभियानमा सहभागी बैंकहरूमा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्रभु बैंक, ज्याति बिकास बैंक, महालक्ष्मी बिकास बैंक र गरिमा बिकास बैंक रहेका छन् ।

    अभियान अवधिभर, उपभोक्ताहरु माझ लोकप्रिय निःशुल्क डेलिभरी सुविधा पनि यथावत रहनेछ । न्यूनतम ४९९ को खरिद गर्दा छानिएका उत्पादनहरूमा डेलिभरी निःशुल्क हुने कम्पनीले जानकारी दिएको छ । यसका लागि ग्राहकहरूले दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी भौचर संकलन गर्नु पर्ने हुन्छ ।

    दराजको दशैँ धमाका अभियान केवल छुट र अफरमा मात्र सीमित छैन । उपभोक्ताहरूलाई सहज भुक्तानी, फास्ट डेलिभरी, विश्वासिलो रिटर्न प्रणाली सहित पृथक तथा अविस्मरणीय किनमेल अनुभव प्रदान गर्न पनि दराज प्रतिबद्ध देखिन्छ ।

    दशैँ धमाका सम्बन्धी थप जानकारीका लागि www.daraz.com.np  मा भ्रमण गर्न, दराज नेपालको फेसबुक पेज हेर्न वा दराज एप प्रयोग गर्नुहुन दराजले बिशेष अनुरोध पनि गरेको छ ।

     

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १५:३४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij