२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ९ हजार १९६ जना संक्रमित पुष्टि भएका हुन् । यो संख्या हालसम्मको उच्च हो ।
१९ हजार ९८७ जनाको पिसिआर परीक्षणमा ९ हजार २३ जनामा पोजिटिभ र ४९५ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये हाल ७८ हजार ६२९ जना सक्रिय संक्रमित छन् । हाल ३८० जना संक्रमित क्वारेन्टा्रइनमा छन् । गत २४ घण्टामा २ हजार ९०५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij