Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

अपराध

बौद्धमा जित मोक्तानलाई अन्धाधुन्ध खुकुरी प्रहार गर्ने व्यक्ति भारतमा पक्राउ

बौद्धमा जित मोक्तानलाई अन्धाधुन्ध खुकुरी प्रहार गर्ने व्यक्ति भारतमा पक्राउ


  • 1.3K
    Shares

    बौद्धमा जित मोक्तानलाई अन्धाधुन्ध खुकुरी प्रहार गर्ने व्यक्ति भारतमा पक्राउ

    काठमाडौं । काठमाडौंको बौद्धमा जित मोक्तानलाई खुकुरी प्रहार गर्ने मुख्य नाइकेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १२ मा राति ९ बजेर ५५ मिनेटमा मोटरसाइकलमा हिँडिरहेकै अवस्थामा काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–१० घर भएर नयाँ बस्ती बस्ने २९ वर्षीय जित मोक्तान माथि खुकुरी प्रहार भएको थियो ।

    खुकुरी प्रहार गर्ने मुख्य नाइके लोप्साङ लामा तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेले बताए । पक्राउ पर्नेमा लोप्साङसहित ३ जना छन् ।

    सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएर गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने २५ वर्षीय लोप्साङलाई भारतको नयाँ दिल्लीमा पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरी स्रोतले जनाएको छ । तर, एसएसपी बस्नेतले आरोपीहरूलाई महेन्द्रनगरबाट पक्राउ गरिएको दाबी गरे ।

    खुकुरी प्रहार भएको भोलिपल्ट जित मोक्तान पक्षका मानिसहरूले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएर गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने ५३ वर्षीय अशोक तामाङलाई आक्रमण गरेका थिए ।

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - ११:५३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij