Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

खोलाले मोटरसाइकल बगाउँदा श्रीमान् बेपत्ता श्रीमती घाइते

खोलाले मोटरसाइकल बगाउँदा श्रीमान् बेपत्ता श्रीमती घाइते


  • 295
    Shares

    खोलाले मोटरसाइकल बगाउँदा श्रीमान् बेपत्ता श्रीमती घाइते
    images

    काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

    दूधपानी खोलाले मोटरसाइकल बगाउँदा मोटरसाइकलमा सवार सर्लाही हरिवानका मनिष पाँचकोटी बेपत्ता भएका छन् । उनकी श्रीमती सिलु खड्की घाइते भएकी छन् । खोला तर्ने क्रममा मोटरसाइकल सहित उनीहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    बागमती प्रदेश ०२-०४७ प ७३८ नम्बरको मोटरसाइकल बराह क्षेत्र नगरपालिका-१ दूधपानी खोला तर्दै गर्दा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

    मोटरसाइकल काठमाडौंबाट धनकुटातर्फ आउँदै गरेको प्रहरीले जनाएको छ । घाइते खड्गीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - ११:४२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij