Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख १२ हजार माथि

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख १२ हजार माथि


  • 463
    Shares

    सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख १२ हजार माथि
    images

    काठमाडौं  । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । केही दिन यता निरन्तर बढिरहेको सुनको मूल्य आज पनि बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार ६०० रुपैयाँले बढेको हो । यसससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा दुई लाख १२ हजार रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँ कायम भएको छ ।

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - ११:१५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij