Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

इटहरीमा खुल्यो दिपलको स्टेट अफ आर्ट सोरुम

इटहरीमा खुल्यो दिपलको स्टेट अफ आर्ट सोरुम


  • 281
    Shares

    इटहरीमा खुल्यो दिपलको स्टेट अफ आर्ट सोरुम
    images

    काठमाडौं । नेपालको इभी ब्रान्ड दिपलले कोशी प्रदेशको महत्वपूर्ण बजार इटहरीमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरेको छ । यसै अवसरमा विभिन्न अफरहरुसहित चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको हो ।

    इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया र दिपल इटहरीको डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराई तथा राधा ढकालले संयुक्त रुपमा अत्याधुनिक सोरुमको उद्घाटन गर्नु भएको हो । नयाँ सोरुम उद्घाटनसँगै सर्ब मोटर्सले टेस्ट एक्ड एक्सचेन्ज सुरु भएको छ ।

    भाद्र २० देखि २३ गतेसम्म चल्ने कार्यक्रममा दिपलका अत्याधुनिक इभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नुहुने छ ।

    भर्खरै सम्पन्न नाडा अटो सो स्टपरका रुपमा चर्चित दिपल एस ०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजा।मा सफल सावित भएको छ । यो एक्सचेन्जमा ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउनुहुने छ ।

    यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिनेछ जसले आर्टिफिशियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाउनुहुने छ ।

    शुक्रबार इटहरीमा सार्वजनिक भएको दिपल एस०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपाली बजारमा चर्चित बन्न सफल मोडेल हो । दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिंग साइकल ५ हजार ९६ लाख किलोमिटर० को लाइफस्पान छ ।

    साथै, ३० देखि ८० प्रतिशत चार्ज मात्र १५ मिनेटमा हुन्छ । यसबाहेक माइनस २० डिग्रीमा पनि १५ प्रतिशतभन्दा कम रेन्ज लस हुन्छ । दिपल एस०५ मा ६ किलोवाटको ‘भीटुएल’ मार्फत बाहिर उपकरणमा ‘पावर सप्लाइ’ गर्न सकिन्छ ।

     

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - ११:०३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij