Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

बालिकालाई ठक्करपछि गाडी भगाएका मन्त्री राना भन्छन्- तोडफोड हुने डरले त्यहाँ राेकिएनौं

बालिकालाई ठक्करपछि गाडी भगाएका मन्त्री राना भन्छन्- तोडफोड हुने डरले त्यहाँ राेकिएनौं


  • 1.1K
    Shares

    बालिकालाई ठक्करपछि गाडी भगाएका मन्त्री राना भन्छन्- तोडफोड हुने डरले त्यहाँ राेकिएनौं
    images

    काठमाडौं । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले ललितपुरमा भएको घटनामा आफूले गैरजिम्मेवारपूर्ण कार्य नगरेको दाबी गरेका छन् । नचिनेको स्थानमा सवारी दुर्घटना हुँदा गाडीमा तोडफोड र क्षति हुने डरले नरोकी अगाडि हिँडेको उनको भनाइ छ ।

    शनिवार राना मगर सवार गाडीले ललितपुरको हरिसिद्धिमा एक बालिकालाई ठक्कर दिएको थियो । गाडीले ठक्कर दिएपछि मन्त्री सवार गाडी नरोकी भागेको विषयमा चर्को आलोचना भइरहेको छ । दुर्घटनाका विषयमा मन्त्री राना मगरले कुरा गर्दै आफूले नै प्रहरीलाई खबर गरेको दाबी गरे ।

    उनले भने, ‘नयाँ ठाउँ र परिवेश भएकाले गाडी रोक्नु उपयुक्त लागेन । आक्रोशित भिडले गाडीमा आक्रमण हुने डरले प्रहरीलाई खबर गरेको हो ।’ उनले घाइते बालिकाको उपचारमा सहयोग गरेको बताए ।

    शनिवार बिहान मन्त्री मगर एमालेको विधान महाधिवेशन स्थल ललितपुरको गोदावरीस्थित सनराइज हलतर्फ जाँदै गर्दा हरिसिद्धिमा उनको गाडीले जेब्रा क्रसिङनेरै  बाटो काट्न लागेकी एक बालिकालाई ठक्कर दिएको थियो। घाइते बालिकालाई ललितपुरको बी एण्ड बी अस्पतालमा २ घण्टाको उपचारपछि डिस्चार्ज गरिएको छ।

    मन्त्री मगरले भने, ‘यो सानो दुर्घटना भएको हो। हामी कार्यक्रमतर्फ जाँदै थियौँ। सामान्य गतिमा गाडी अघि बढिरहेको थियो। अचानक एक सानी बालिका गाडीमा अलिकति ठोक्किइन्। तर हाम्रो चालकले तुरुन्तै ब्रेक लगाएकाले ठुलो दुर्घटना भएन।’

    उनले बालिका तुरुन्तै उठेकाले गाडी अलिकति साइडमा लगेर अगाडि बढेको बताए । मन्त्री रानामगरले भने, ‘आरोप लगाए जस्तो होइन । ठुलो दुर्घटना भएको होइन। बालिकाको अवस्था गम्भीर देखिएको थिएन।’ उनले नचिनेको ठाउँ भएको र नजिकै कुन अस्पताल छ भन्ने पनि थाहा नभएकाले प्रहरीलाई खबर गरेको बताए ।

    उनले थपे,  ‘त्यस्तो अवस्थामा आफैँले बालिकालाई उठाएर लगे गलत अर्थ लाग्न सक्थ्यो। त्यसैले प्रहरीलाई जानकारी गरेर प्रशासनकै सहयोगमा उपचार गर्न उपयुक्त ठान्यौँ। हामीले प्रशासन, प्रहरी लगायत सबैलाई जानकारी गराएर गराएका थियौँ ।’

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १०:५०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij