Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

एमालेको विधान महाधिवेशनमा यस्तो छ ओलीको ८६ पृष्ठको राजनीतिक प्रस्ताव (पूर्णपाठ)

एमालेको विधान महाधिवेशनमा यस्तो छ ओलीको ८६ पृष्ठको राजनीतिक प्रस्ताव (पूर्णपाठ)


  • 295
    Shares

    एमालेको विधान महाधिवेशनमा यस्तो छ ओलीको ८६ पृष्ठको राजनीतिक प्रस्ताव (पूर्णपाठ)
    images

    काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा शुरु भएको छ । महाधिवेशनमा अध्यक्ष ओलीका तर्फबाट ८६ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरिँदैछ ।

    विधान महाधिवेशनमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको ‘विधान संशोधन प्रस्ताव’ र महासचिव शंकर पोखरेलले तयार पारेको ‘संगठनात्मक प्रस्ताव’ पनि प्रस्तुत गर्ने कार्यसूची छ । तीनवटै प्रस्तावहरु केन्द्रीय कमिटीबाट पारित भई पुस्तकका रुपमा प्रकाशित गरेर सहभागीलाई झोलासहित वितरण गरिएको छ ।

    विधान महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा १६ वटा विषयहरु समेटिएका छन् । ओलीले राष्ट्र, समाज, उत्पादन पद्दति, जनसंख्या र वर्ग संरचनालाई समेत समेटेर नेपालको इतिहासको व्याख्या गरेका छन् ।

    त्यसैगरी ‘भूराजनीति र परराष्ट्र नीति’ शीर्षकमा नेपालको छिमेक सम्बन्धबारे चर्चा गरिएको छ । क्रान्ति, कम्युनिस्ट आन्दोलन, समाजवाद र कार्यक्रम उपशीर्षकहरुमा नेपालको कम्युनिस्ट आन्दोलन र एमालेको इतिहासबारे विश्लेषण गरिएको छ ।

    एमालेको आगामी कार्यदिशा, सिद्धान्त र पार्टी निर्माणबारे ओलीले दस्तावेजमा वैचारिक पक्षहरुको चर्चा गरेका छन् ।

    प्रकाशित मिति :भाद्र २० २०८२ शुक्रवार - १६:२७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij