Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

प्रचण्डबारे ओली- म्याजिक नम्बर छ भन्ने भ्रमबाट मुक्त गराइदियौँ

प्रचण्डबारे ओली- म्याजिक नम्बर छ भन्ने भ्रमबाट मुक्त गराइदियौँ


  • 12.8K
    Shares

    प्रचण्डबारे ओली- म्याजिक नम्बर छ भन्ने भ्रमबाट मुक्त गराइदियौँ
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूसँग म्याजिक नम्बर रहेको भ्रम पर्न थालेपछि एमाले मुक्ति गरिएको बताएका छन्।

    पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै कांग्रेससँग आफूहरूले सहकार्य थालेपछि अस्थिरता र अराजकता नियन्त्रणमा आएको बताए।

    उनले भने, ‘हामी ब्याक बेञ्चरजस्तो पछाडि बस्नुपर्ने अवस्था, नेपाली राजनीतिमा सहयोगीभन्दा माथि होइन भन्ने अवस्था, भन्दै खेरी भनिएको थियो, कांग्रेस एमालेको अगाडि हामीलाई समर्थन गर्नुको विकल्प छैन। कि एउटा समर्थन गर्छ कि अर्काले। भ्रम परेको थियो, आफूमा जादुमयी शक्ति छ भन्नेमा। भ्रम पर्न थालेको थियो आफ्नो संख्या म्याजिक नम्बर हो भन्ने १४ महिना अघिसम्म, त्यो अवस्था एमालेले चिरेको छ।’

    उनले पार्टीले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य बनाएर अघि बढेको बताए। उनले देशलाई समृद्धि बनाउनेभन्दा ठुलो गन्तव्य अरू केही नभएको बताए।

    images
    प्रकाशित मिति :भाद्र २० २०८२ शुक्रवार - १४:१२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij