Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी, एक कोठा जलेर नष्ट

विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी, एक कोठा जलेर नष्ट


  • 8.1K
    Shares

    विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी, एक कोठा जलेर नष्ट
    images

    सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ । 

    आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा आगो लागिरहेको छ ।

    आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटमा बस्ने बजारवासी, तल्लो गाउँ र माथिल्लो गाउँका नागरिक लागि परेका छन् । आज बिहान ४ बजेदेखि लागेको आगो बिहान ६ बज्दासम्म नियन्त्रणमा आउन सकेको छैन ।

    सर्वसाधारण र सुरक्षा निकायले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आलगाली भएको केही समयपछि नियन्त्रणमा लिन नेपाल प्रहरीले माइकिङ गरेसँगै सर्वसाधारणको ठूलो सङ्ख्यामा उपस्थिति रहेको छ । महिला तथा पुरुष आगो नियन्त्रणमा लागि परेका छन् । रासस

    प्रकाशित मिति :मंसिर १८ २०७७ बिहिवार - १२:१६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij