Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी


  • 1.2K
    Shares

    पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ। बिहीबार दिउँसो बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल हुनेछ।

    माओवादीले मध्यपहाडी पुष्पलाल लोकमार्ग-जनजागरण अभियान पुनस् सञ्चालन गर्ने तयारी गरेको छ। भदौ २२ गते लमजुङबाट सुरू हुने यो अभियान २३ गते गोरखा, २४ गते धादिङ र २५ गते नुवाकोटमा पुग्नेछ।

    साथै पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र उपमहासचिव जनार्दन शर्माबीच आरोप(प्रत्यारोप चलिरहेको छ। अध्यक्ष प्रचण्डले हालै विराटनगरबाट जनार्दन शर्माले नपत्याएर पार्टी नरोकिने अभिव्यक्ति दिएका थिए। यी विभिन्न विषयमा माओवादी पदाधिकारी बैठकमा कुरा हुने एक पदाधिकारीले बताए।

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १३:१४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij