२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं । सांग्रिला मोटर्स प्रा.लि.ले ‘ह्वील्स अफ सेलिब्रेसन्स’ आगामी भदौ १८ देखि २२ गतेसम्म उत्तरढोका सोरुममा आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने उत्सवमा गाडीप्रेमी र परिवारका लागि रोचक अनुभव, अन्तरक्रियात्मक गतिविधि तथा विशेष अफरहरू प्रस्तुत गरिने भएको छ ।
कार्यक्रममा सहभागी हुनेहरूले लिपमोटर, सिट्रोन र पूजोका नवीनतम मोडेल टेस्ट ड्राइभ गर्ने अवसर पाउनेछन् भने आधुनिक प्रविधि र आरामदायी ड्राइभिङको प्रत्यक्ष अनुभव प्रदान गर्ने बताइएको छ । प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहारसमेत उपलब्ध हुने भएको छ ।
यस कार्यक्रमलाई थप रमाइलो बनाउन रोचक खेलहरू तथा बालबालिकाका लागि छुट्टै किड्स जोन समेत राखिएको छ । जसले यसलाई सम्पूर्ण परिवारका लागि उपयुक्त स्थल बनाउनेछ । साथै, सहभागीहरूले आफ्ना पुराना सवारीसाधन तत्कालै मूल्यांकन गराउन वा साटासाट गर्न सक्ने सुविधा पाउने छन् ।
कार्यक्रममा गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई सोल्टी वेस्टएन्ड रिसोर्टमा निःशुल्क एक रात दुई दिनको स्टे उपहारस्वरूप दिने भएको छ ।
नेपालको एक अग्रणी अटोमोबाइल वितरकका रुपमा परिचित सांग्रिला मोटर्सले लिपमोटर, सिट्रोन र पुजो जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन आयात गरी बिक्रिवितरण गर्दै आएको छ । उत्कृष्ट ग्राहक अनुभवप्रति प्रतिबद्ध यस कम्पनीले निरन्तर नवीन समाधान, गुणस्तरीय सवारीसाधन तथा भरपर्दो बिक्री पछिको सेवा प्रदान गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij