Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

गायिका गोलेको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

गायिका गोलेको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


  • 736
    Shares

    गायिका गोलेको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकगीतका पारखी र उनका परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।

    ‘नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौँ उपत्यका आसपास धेरै लोकप्रिय छ । नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो परिचय बनाउनुभएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनेँ ।

    गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् । 

    क्यान्सरबाट पीडित गायिका गोलेको बुधबार ४८ वर्षको उमेरमा निधन भएको हो । 

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - ११:२३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij