२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन आदि नउडाउन नागरिक उड्डयन कार्यालयले आग्रह गरेको छ।
कार्यालयले आज सूचना जारी गर्दै त्रिभुवन विमास्थलको हवाई आवागमन हुने तथा आसपाका क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भन्दै त्यस्तो कार्य नगर्नरनगराउन अनुरोध गरेको हो।
यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न अनुरोध गर्दै कार्यालयले सूचनाको अवज्ञा गरेर यस्ता गतिविधि जारी राखे प्रचलित कानुन बमोजिम कडा कारबाही हुने चेतावनीसमेत दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij