२०८२ भाद्र २१ गते शनिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव वदन भण्डारीमाथि गएराति कपनको प्रगति चोकमा आक्रमण भएको छ। मोटरसाइकलमा आएका तीन जना व्यक्तिले उनीमाथि रड प्रहार गरी घाइते बनाएका छन् ।
नम्बर प्लेट छोपेर आएका तीन जना व्यक्तिमध्ये दुई जनाले रड प्रहार गरेको भण्डारीले बताएका छन् । रड प्रहारबाट भण्डारीको टाउकोमा गम्भीर चोट लागेको र १० वटा टाँका लगाउनुपरेको रास्वपाले जानकारी दिएको छ ।
पार्टीका नेता दीपक बोहोराका अनुसार भण्डारीको सिटी स्क्यान रिपोर्ट सकारात्मक आए पनि आज फलोअपका लागि अस्पताल बोलाइएको छ ।
भण्डारीको गाडी पनि तोडफोड गरिएको छ भने केही समयअघि नारी टिभीमा दिएको एक अन्तरवार्तालाई लिएर आफूलाई निरन्तर धम्की आइरहेको र केही दिनअघि आफ्नो कार्यालयमा समेत आएर आफ्नो बारेमा सोधपुछ गरिएको उनले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij