Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

इन्फिनिक्सको नयाँ स्मार्ट फोन नेपालमा सार्वजनिक, मूल्य कति ?

इन्फिनिक्सको नयाँ स्मार्ट फोन नेपालमा सार्वजनिक, मूल्य कति ?


  • 281
    Shares

    इन्फिनिक्सको नयाँ स्मार्ट फोन नेपालमा सार्वजनिक, मूल्य कति ?
    images

    काठमाडौं ।  अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालमा आफ्नो नयाँ HOT 60 Pro Series स्मार्टफोन सार्वजनिक गरेको छ। यस श्रृंखलाअन्तर्गत HOT 60 Pro+ र HOT 60 Pro मोडल उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसलाई कम्पनीले सबैभन्दा पातलो, हल्का र स्टाइलिश गेमिङ स्मार्टफोनका रूपमा प्रस्तुत गरेको छ।

    HOT 60 Pro+ मात्र 5.95 मिलिमिटर पातलो र 155 ग्राम तौल भएको फोन हो, जुन हालसम्म नेपालमा यो श्रेणीको सबैभन्दा स्लिम स्मार्टफोनका रूपमा आएको हो। 

    यसमा 1.5K 144Hz कर्भ्ड AMOLED डिस्प्ले, MediaTek Helio G200 प्रोसेसर, ५० मेगापिक्सेल SONY IMX882 क्यामेरा र ५१६० mAh क्षमताको ब्याट्री ४५W फास्टचार्जसहित उपलब्ध छ। यसको मूल्य ८+१२८GB भर्सनका लागि रु. २६,९९९ तोकिएको छ।

    त्यस्तै, HOT 60 Pro ६.६ मिलिमिटर पातलो र १७० ग्राम तौल भएको मोडल हो, जसलाई विशेष गरी गेमिङ प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ। यसमा पनि १.५K १४४Hz AMOLED डिस्प्ले, Corning Gorilla Glass, ८GB RAM र ५१६०mAh ब्याट्री ४५W फास्टचार्जसहित उपलब्ध छ। यसको मूल्य ८+१२८GB भर्सनका लागि रु. २०,९९९ राखिएको छ।यी मोडलहरू नेपालभर विभिन्न रंगमा उपलब्ध रहेको कम्पनीले  जानकारी दिएको छ । 

     

     

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १०:२४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij