Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

कतारमा मृत्यु भएका गोरखाका मनोज बरामको शव ल्याइदिन आग्रह

कतारमा मृत्यु भएका गोरखाका मनोज बरामको शव ल्याइदिन आग्रह


  • 1.1K
    Shares

    • images
    कतारमा मृत्यु भएका गोरखाका मनोज बरामको शव ल्याइदिन आग्रह

    काठमाडौं । कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको शव ल्याइदिन आफन्तजनले सरकारसँग आग्रह गरेका छन्। 

    वैदेशिक रोजगारीका लागी विगत १२ वर्षदेखि कतारमा रहेका बराम गत शनिबार राति सुतिरहेको अवस्थामा मृत फेला परेका थिए। ४२ वर्षीय बराम केही वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए। 

    ‘त्यहाँ शनिबार बिदा हुने रहेछ। त्यो दिन साथिभाइहरूसँग खानपिन गरेर सुतेका रहेछन्, बिहान उठ्दै उठेनन्’, वडा सदस्य गोलबहादुर बरामले भने, ‘रातको २ बजेसम्म श्रीमती पवित्रा बरामसँग कुराकानी भएको रहेछ।’

    बरामको एक छोरा र एक छोरी छन्। उनको आर्थिक अवस्थासमेत कमजोर रहेकाले मृतकको शव नेपाल ल्याउन हालसम्म कुनै पहल नभएको वडा सदस्य बरामले बताए। उनका बुबा र भाइ शारीरिक अपाङ्ग छन्।

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - ०६:२७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij