Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

अनुमति नलिएका सामाजिक सञ्जाल र ओटीटी सामग्रीमाथि रोक लगाउने परमादेश जारी

अनुमति नलिएका सामाजिक सञ्जाल र ओटीटी सामग्रीमाथि रोक लगाउने परमादेश जारी


  • 505
    Shares

    अनुमति नलिएका सामाजिक सञ्जाल र ओटीटी सामग्रीमाथि रोक लगाउने परमादेश जारी
    images

    काठमाडौं । कानुनबमोजिम इजाजत नलिएका सामाजिक सञ्जाल र विभिन्न माध्यम ओटीटी एप्सलगायत इन्टरनेट ब्राउजरको माध्यमबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि रोक लगाउन दायर भएको रिटमा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

    न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले बुधबार दुई वटा रिटमाथि सुनुवाइ गर्दै निवेदकको मागबमोजिम परमादेश जारी गरेको हो ।

    २०७७ पुसमा अधिवक्ता वीपी गौतमले विदेशी विज्ञापनसहितका सामाजिक सञ्जाल प्लेटफर्महरू निर्वाध प्रसारणमा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए ।

    रिट निवेदनमा अनधिकृत ओभर दी टप ओटिटी तथा युट्युबलगायत इन्टरनेट ब्राउजरमा भएका अनधिकृत प्रसारण सेवाहरूलाई रोक्न परमादेश माग गरिएको थियो । 

    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - १७:५५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij