Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

विनोद श्रेष्ठको छोराको कार्यालयमा पनि प्रहरीको छापा

विनोद श्रेष्ठको छोराको कार्यालयमा पनि प्रहरीको छापा


  • 372
    Shares

    विनोद श्रेष्ठको छोराको कार्यालयमा पनि प्रहरीको छापा
    images

    काठमाडौं । प्रहरीले गोंगबुमा ४ करोड २५ लाख नगद र साढे ९ केजी सुनसहित पक्राउ परेका विनोद श्रेष्ठको छोराको कार्यालयमा पनि छापा मारेको छ । मंगलबार राति साढे ९ बजेतिर काठमाडौं १६ नयाँ बजारमा रहेको राजकुमार श्रेष्ठको कार्यालयमा प्रहरीले छापा मारेको हो ।

    राजकुमारले भाडामा लिएको फ्ल्याटमा छापा मारेर ९० हजार नगद र केही सुनका गहना बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले  बताए । राजकुमारको कार्यालयबाट प्रहरीले ५ थान छड्के तिलहरी, नौगेडी, दुई थान बेरुवा औँठी र १ थान लकेट बरामद गरेको छ । उनी फरार छन् । 

    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - १७:२८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij