२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकहरूले राप्रपा कार्यालयमा धर्ना दिएका छन् ।आफूहरूसँग भएको सहमति पूर्ण रुपमा कार्यान्वयन नगरिएको भन्दै नेपाल शिक्षक महासंघले बुधबार धुम्बाराहीस्थित राप्रपा कार्यालयमा धर्ना दिएका हुन् ।
विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र यसअघि भएको सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेकोले आन्दोलन गर्नुपरको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताएका छन् ।
आफ्ना माग मुद्दाहरू समेटिने गरि संसदमा छलफल गर्नका लागि ध्यानाकर्षण गराउन महासंघले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको उनले बताएका छन् । अध्यक्ष सुवेदीले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरे ।
यसअघि महासंघले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा लगायतका दलका कार्यालयमा पुगेर धर्ना दिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij