Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

नेप्सेले दियो गिरावटलाई निरन्तरता, ४ अर्ब ७२ करोडमा खुम्चियाे काराेबार

नेप्सेले दियो गिरावटलाई निरन्तरता, ४ अर्ब ७२ करोडमा खुम्चियाे काराेबार


  • 337
    Shares

    नेप्सेले दियो गिरावटलाई निरन्तरता, ४ अर्ब ७२ करोडमा खुम्चियाे काराेबार
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार पनि शेयर बजार घटेर बन्द भएको छ । नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज शेयर बजार नेप्से परिसूचक १५.६४ अंकले घटेर २,७२६ को विन्दुमा कायम भएको छ । 

    आज ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको ३३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने लिबर्टी इनर्जीको २७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    ३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको जलविद्युत र होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.९३ प्रतिशत र विकास बैंकको ०.८५ प्रतिशत घटेको छ।

    18 share.JPG

     

    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - १५:५२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij