Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

खाद्य उद्योग दर्ता सिफारिस, अनुमतीपत्र जारी तथा नविकरण सेवा अब अनलाइनबाट

खाद्य उद्योग दर्ता सिफारिस, अनुमतीपत्र जारी तथा नविकरण सेवा अब अनलाइनबाट


  • 337
    Shares

    खाद्य उद्योग दर्ता  सिफारिस, अनुमतीपत्र जारी तथा नविकरण सेवा अब अनलाइनबाट
    images

    काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योग दर्ता, अनुमतीपत्र जारी तथा नवीकरणका लागि ‘नेपाल फुड एण्ड फिड इन्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणालीको शुभारम्भ गरेको छ ।

    सरकारी सेवालाई अनलाइनमार्फत सहज बनाउने विभागको रणनीतिअन्तर्गत विभागले आफ्नो वेभसाइटमार्फत यो सेवा उपलब्ध गराइएको हो।

    मंगलबार आयोजित उद्घाटन कार्यक्रममा विभागमा महानिर्देशक  सञ्जीव कुमार कर्माचार्यले प्रणालीको उद्घाटन गर्दै त्यसको महत्वबारे प्रकाश पारेका छन् । कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक क्षेत्रका ७० भन्दा बढी खाद्य उद्योगी तथा विभिन्न छाता संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। 
     
    कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले यस प्रणालीबाट छिटो, छरितो र पारदर्शी सेवा प्राप्त हुनुपर्नेमा जोड दिएका छन् । महानिर्देशक कर्माचार्यले यो प्रणाली खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसार उक्त प्रणालीको विकास गरिएको जानकारी दिएका छन् । यो प्सरणालीबाट दर्ता, अनुमतिपत्र र नवीकरण सेवाहरू उपलब्ध हुनेछन्।

    हाल यो प्रणाली काठमाडौं र हेटौँडास्थित कार्यालयहरूबाट सञ्चालनमा आएको छ भने विभागले चाँडै नै यसलाई देशभरका सबै कार्यालयहरूमा विस्तार गर्ने योजना बनाएको छ। विभागले सेवाग्राहीको सुझाव र प्रतिक्रियालाई आत्मसात गर्दै प्रणालीलाई निरन्तर सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - १५:२४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij