Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, नगदसहित मुद्दा फाँटका नासु ज्ञानेन्द्र नियन्त्रणमा

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, नगदसहित मुद्दा फाँटका नासु ज्ञानेन्द्र नियन्त्रणमा

  • 946
    Shares

    • images
    मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, नगदसहित मुद्दा फाँटका नासु ज्ञानेन्द्र नियन्त्रणमा

    काठमाडौं । मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आज बिहान अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगदसहित मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

    नासु भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।   

    आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले टोली मालपोत कार्यालय काभ्रेमा पुगेको र थप जानकारी टोली आयोग आएपछि मात्र जानकारी हुने बताएका छन् ।

    भण्डारीबारे थप अनुसन्धान भइरहेको अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।  

    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - १३:०८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij