२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना भएकी छन् ।
छाती दुख्ने समस्यापछि उनलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेर उपचार थालिएको हो । अध्यक्ष श्रेष्ठ पहिल्यैदेखि मुटुको बिरामी छिन् । गत वर्ष उनको मुटुको शल्यक्रियासमेत गरिएको थियो ।
पुनस् स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अहिले भने स्वास्थ्यमा क्रमिक सुधार देखिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij