Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

नाडा कार्यसमितिमा मतभेद, नेतृत्वको शैलीमाथि प्रश्न

नाडा कार्यसमितिमा मतभेद, नेतृत्वको शैलीमाथि प्रश्न


  • 267
    Shares

    नाडा कार्यसमितिमा मतभेद, नेतृत्वको शैलीमाथि प्रश्न
    images

    काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का केही कार्यसमिति सदस्यहरूले वर्तमान नेतृत्वको कार्यशैलीप्रति असहमति जनाएका छन् । मंगलबार असन्तुष्ट पक्षले एक प्रेस विज्ञप्तिमा जारी गर्दै संस्थाको नियम तथा विधान र प्रचलित कानुनको उल्लङ्घन गर्दै मनोमानी ढङ्गबाट संस्था सञ्चालन गरेको आरोप लगाइएको छ । 

    कोरोना महामारीका कारण उत्पन्न आर्थिक सङ्कटका वेला व्यवसायीहरूको हितका लागि नाडालाई अझ प्रभावकारी बनाउनुपर्नेमा ४७ औँ वार्षिक साधारण सभाबाट पारित संशोधित विधान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएपनि वर्तमान नेतृत्वले त्यस विपरीत कार्यहरू गर्दै आएको उनीहरूको आरोप छ ।

    वार्षिक साधारण सभाका निर्णयहरू कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयमा दर्ता निवेदन उपर मुद्दा विचाराधीन रहेको जनाइएको छ । कार्यसमितिका बैठकहरूमा लिखित असहमति राख्दा पनि मनोमानी ढङ्गले संस्था सञ्चालन भइरहेको र व्यक्तिगत पेवा तथा संस्थाका सदस्यहरूको अहित हुने कार्यहरू नरोकिएको आरोप लगाइएको छ ।

    नेतृत्वले कार्यसमितिका सदस्यहरूलाई स्पष्टीकरण सोध्ने, राजीनामा दिन बाध्य पार्नेसम्मका कार्यहरू भएको दाबी असन्तुष्ट समूहको छ । जिल्ला प्रशासन कार्यालयले भदौ १६ बाट उक्त निर्णय स्थगित गर्न आदेश भएको छ । 

    संस्था दर्ता ऐन २०३४ अनुसार अवैधानिक तवरले नाडालाई महासङ्घमा लैजाने भनी विशेष साधारण सभा गर्दा संस्थाको वैधानिकता नै जोखिममा पर्न लागेको अवस्थामा सो निर्णय खारेज गरी विशेष साधारण सभा स्थगित गर्नका लागि निवेदन पेस गरिएको छ ।

    नाडाको नियमित वार्षिक साधारण सभा हुन चार महिना मात्र बाँकी रहेको र विधान अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा बोलाउनुपर्नेमा सो नगरी, आफ्नो कार्यकाल लम्ब्याउने दूषित मनसायले वार्षिक साधारण सभालाई बाइपास गर्दै तदर्थ समिति गठन गर्ने उद्देश्यले संस्थालाई महासङ्घमा लैजाने निर्णय गरेको आरोप छ । भदौ २४ गते विशेष साधारण सभा बोलाइएको कार्यलाई गुमराहमा पार्ने प्रपञ्चु गरेको असन्तुष्ट समूहले जानकारी दिएको छ । 

    दुई वर्षको कार्यकालभित्र महासङ्घको औचित्य नदेखेकै अवस्थामा अध्यक्ष र महासचिव तथा अन्य सदस्यहरूले वार्षिक साधारण सभा नजिकिँदै गर्दा र कार्यकाल सकिनै लाग्दा गम्भीर दूरगामी असर पर्ने ठोस आधार र औचित्यविना यस्तो कार्य गरेको भन्दै त्यसको विरोध  गरिएको छ ।

     

     

     

     

     

     

     

    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - ११:३९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij