Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, २ लाख ८ हजार नजिक

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, २ लाख ८ हजार नजिक


  • 393
    Shares

    सुनको मूल्यले बनायो नयाँ रेकर्ड, २ लाख ८ हजार नजिक
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढ्दै २ लाख ८ हजार रुपैयाँ नजिक पुगेको हो । 

    जसअनुसार बुधबार छापावाल सुन तोलामा २ लाख ७ हजार ९०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५ हजार ९०० रुपैयाँ कायम भएको थियो । 

    यसैबीच बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ४८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - ११:०२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij