Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

गोलछा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपाल २०२५ बाट १७ वर्षीय अभियन्ता श्री यादव सम्मानित

गोलछा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपाल २०२५ बाट १७ वर्षीय अभियन्ता श्री यादव सम्मानित


  • 288
    Shares

    गोलछा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपाल २०२५ बाट १७ वर्षीय अभियन्ता श्री यादव सम्मानित
    images

    काठमाडौं । धनुषाका १७ वर्षीय अभियन्ता तथा सामग्री निर्माता श्री कृष यादव लाई ‘गोलछा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपाल २०२५ को उपाधि प्रदान गरिएको छ। धनुषाको कचूरीका यादवलाई आज ग्लोकल प्रा.लि. द्वारा ललितपुरको द प्लाजामा आयोजित एक समारोहमा यो सम्मान प्रदान गरिएको हो।

    विगत एक दशकदेखि सञ्चालन हुँदै आएको ग्लोकल टिन हिरो पहलले शैक्षिक क्षेत्रबाहिर असाधारण उपलब्धि हासिल गर्ने किशोर–किशोरीलाई पहिचान गर्दै आएको छ। यस वर्षको संस्करणमा यादव शीर्ष ६ प्रतिस्पर्धीमध्येबाट छनोट हुँदै विजेता बनेका हुन्।

    प्रतियोगिताको अन्तिम सूचीमा स्याङ्जाकी १७ वर्षीया मानुषी न्यौपाने, कपिलवस्तुका १९ वर्षीय जलवायु न्याय अभियन्ता निश्चल ढुङ्गाना, जुम्लाका १५ वर्षीय नीति अभियन्ता अक्सफोर्ड आचार्य, सर्लाहीकी १८ वर्षीया कृषि उद्यमी रेनुका सिंह र रूपन्देहीका १८ वर्षीय एआई डेभलपर सफल पौडेल रहेका छन् ।

    सामाजिक रूपमा जिज्ञासु कन्टेन्ट क्रिएटरका रूपमा परिचित यादवले सार्वजनिक बहसदेखि वृत्तचित्र निर्माणसम्म सक्रियता देखाएका छन्। उनी  ‘TNC Unscripted युट्युब च्यानलमा ‘TNC Debates’ का होस्ट तथा निर्माता हुन्। त्यस्तै,‘The Nepali Comment’’ (४ लाखभन्दा बढी सब्सक्राइबर) का एसोसिएट क्रिएटिभ हेडका रूपमा उनले सामाजिक-राजनीतिक र ऐतिहासिक विषयमा वृत्तचित्र निर्माण गरेका छन्।

    यादव हिमालयन भाषाविज्ञान ओलम्पियाड नेपालका राष्ट्रिय संयोजकसमेत हुन्। ‘प्रोजेक्ट विवेक’ मार्फत उनले काठमाडौं उपत्यकाका ४८० भन्दा बढी विद्यार्थीलाई समेटेर शिक्षा प्रणालीबारे सर्वेक्षण गरेका छन् भने ‘प्रोजेक्ट स्टिच’ सह–स्थापना गरेर आदिवासी कपडाबाट आधुनिक झोलाहरू उत्पादन गर्दै आएका छन्।

    गोलछा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपालको अन्तिम चरणका लागि शीर्ष ६ जना अन्तिम प्रतिस्पर्धीहरूलाई उनीहरूको उपलब्धि, पहल, योगदान र कार्यको प्रभावका आधारमा छोटो सूचीमा राखिएको थियो। अन्तिम प्रतिस्पर्धीहरूले विभिन्न विषयमा आत्म-क्षमता कार्यशालाहरूको शृङ्खलामा पनि भाग लिए र उद्योगका नेताहरू तथा कर्पोरेट व्यक्तित्वहरूसँग आफ्नो ज्ञान बढाउने अवसर प्राप्त गरे।

    नेपालका लागि युरोपेली सङ्घका चार्ज डी’अफेयर्स श्री थोमस मिलर रहेका थिए। किशोर(किशोरीहरूलाई उनीहरूको आवेदन,
    रिजुमे, सहयोगी कागजात र उनीहरूको उपलब्धिका बारेमा लेखिएका निबन्धका आधारमा छनोट गरिएको थियो। उनीहरूलाई
    उनीहरूको सिर्जनात्मकता, उपलब्धि, प्रभाव र सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूको कामको दिगोपनाका आधारमा मूल्याङ्कन
    गरिएको थियो।

    गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को कार्यक्रममा कूटनीतिज्ञ, राजनीतिज्ञ, शिक्षाविद्, उद्यमी, युवा नेता तथा सेलिब्रेटीहरूको उपस्थिति रहेको थियो। यस वर्षको संस्करण युरोपियन युनियन, भारतको दूतावास, प्लान इन्टरनेसनल लगायतका संस्थाहरूको सहकार्यमा सम्पन्न भएको थियो।

     

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - १७:४७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij