Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

खाद्यले थाल्यो दसैँका खसी–च्याङ्ग्राको अनलाइन बुकिङ

खाद्यले थाल्यो दसैँका खसी–च्याङ्ग्राको अनलाइन बुकिङ


  • 512
    Shares

    खाद्यले थाल्यो दसैँका खसी–च्याङ्ग्राको अनलाइन बुकिङ
    images

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्यांग्राको अग्रिम बुकिङ खुला गरेको छ । कम्पनीले दसैँका लागि मंगलबारदेखि खसीबोका र च्यांग्राको बुकिङ खुला गरेको हो । ग्राहकले अनलाइनमार्फत आफूलाई आवश्यक पर्ने खसीबोका र च्यांग्रा बुकिङ गरेर असोज १४ गतेसम्म लिन सक्नेछन् ।  

    अग्रिम बुकिङमा खसीका लागि चार हजार र च्यांग्राका लागि पाँच हजार रुपैयाँ बुझाउनुपर्नेछ । यो अग्रिम शूल्क इसेवा र खल्तीबाट भुक्तानी गर्नुपर्नेछ भने बुझाएको रकम फिर्ता नहुने कम्पनीले जानकारी दिएको छ । 

    बुकिङ गर्दा प्राप्त कोड लिएर खसीबोका लिन जानुपर्नेछ । खसीबोका र च्यांग्राको मूल्य भने तोकिएको छैन । खाद्यले यो वर्ष १५ सय खसीबोका र ५०० च्याग्रा ल्याउने तयारी गरेको छ ।

    अनलाइन बुकिङ बढ्दै गए त्यहीअनुसार खसीबोका र च्यांग्रा खरिद बढाइने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले बताएका छन् । कम्पनीले प्रति किलो १० रुपैयाँ छुटको व्यवस्था भने गर्ने जनाएको छ । 

    अघिल्लो वर्ष पनि जिउँदो खसी–बोका र च्याङ्ग्राको मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको थियो । जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गरिएको थियो । यस्तै च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गरिएको थियो । 

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - १७:१९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij