Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

मृत भेटिए आमा र छोरा, ९ महिने शिशु सिकिस्त

मृत भेटिए आमा र छोरा, ९ महिने शिशु सिकिस्त


  • 1.3K
    Shares

    • images
    मृत भेटिए आमा र छोरा, ९ महिने शिशु सिकिस्त

    काठमाडौं । सिरहामा आमा र छोरा मृत फेला परेको छन्। अर्को एक बच्चाको अवस्था गम्भीर छ। 

    लहान नगरपालिका १२ घर भई सोही नगरपालिका-१ मा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन्।

    उनकै ९ महिनाको बच्चालाई उद्धार गरेर प्रादेशिक अस्पताला लहानमा उपचार गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्त शर्माले जानकारी दिए। 

    उनका अनुसार मंगलबार बिहान १० बजेतिर रञ्जिता कोठाभित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा र जेठा छोरा एरोन खाटमाथि  मृत फेला परेका थिए। नौ महिनाका कान्छो छोरा भने सोही कोठामा भेटिएको हो।

    दुवै बच्चाहरूलाई विषादी सेवन गरेको हुनसक्ने चिकित्सकहरूले बताएका छन्, एसपी शर्माले भने,बच्चाको थप उपचारका लागि सप्तऋषि अस्पतालमा पठाइएको छ। मृतक आमाछोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमर्टमका लागि पठाएको उनले जानकारी दिए। 

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - १६:४१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij