Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

गंगबुको एक घरमा प्रहरीको छापा, ठूलो परिमाणमा रकम र सुन बरामद

गंगबुको एक घरमा प्रहरीको छापा, ठूलो परिमाणमा रकम र सुन बरामद


  • 1.4K
    Shares

    गंगबुको एक घरमा प्रहरीको छापा, ठूलो परिमाणमा रकम र सुन बरामद

    काठमाडौं । गंगबुको एक घरमा प्रहरीले छापा मारेको छ। उक्त घरमा छापा मारेर प्रहरीले ठूलो परिमाणमा रकम बरामद गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी टेकबहादुर तामाङले जानकारी दिएका छन्। 

    सो क्रममा प्रहरीले गोरखा घर भएका विनोद श्रेष्ठलाई पक्राउ गरिएको  एआईजी टेकबहादुर तामाङले जानकारी दिएछन्।  । उनका अनुसार सुन पनि बरामद गरिएको छ। रकम र सुन कति छ भन्ने एकिन नभइएको उनको भनाइ छ।  

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार गोरखा घर भई काठमाडौंको गोंगबु बस्ने ७६ वर्षीय विनोदकुमार श्रेष्ठ पनि नियन्त्रणमा छन्। उनले सुन व्यवसायी कारोबारीसँग कारोबार गर्ने गर्थे।

    रकम गन्नका लागि बैंकबाट मेसिन मगाइएको स्रोतले बतायो। उक्त रकम करोडमा हुनुपर्ने प्रहरीको प्रारम्भिक बुझाइ छ। प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

     

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - १६:१६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij