Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

भदौ २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सागर डिष्टिलरी

भदौ २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सागर डिष्टिलरी


  • 295
    Shares

    भदौ २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सागर डिष्टिलरी
    images

    काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि भदौ २५ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेपछि अब सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

    कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

    कम्पनीले सर्वसाधारण्का लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्कासन गर्न लागेको छ।

    यस आइपीओमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा असोज ८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा असोज ८ गतेसम्म आवेदन दिन आवेदन दिन सक्नेछन्।

     

     

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - १२:०५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij