२०८२ भाद्र १७ गते मंगलवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
आज पनि सुनको मूल्य नयाँ उचाइमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ६ सयले बढेको हो । यससँगै सुनको मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
साथै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर २ हजार ४८५ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो। हिजो चाँदी प्रतितोला २ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij